घट्यो सुनको मूल्य



काठमाडौं : बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सयले घटेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । बिहीबार ५ रुपैयाँले घटेर चाँदी तोलामा १३ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : पुस १६, २०७७

प्रतिक्रिया दिनुहोस्