ओली नेतृत्वको नेकपाद्वारा दाङमा र्‍याली



दाङ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा समूहले आज (बिहीबार) दाङमा  र्‍याली निकालेको छ ।

आज राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको बृहत्त युवा भेला तथा प्रशिक्षण कार्यक्रम अघि तुलसीपुर चोकबाट र्‍याली निकालिएको थियो ।

र्‍याली पछि आयोजना गरिएको वृहत्त युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई नेकपाका केन्द्रीय सदस्य महेश बस्नेले सम्बोधन गरका छन् ।

प्रशिक्षण कार्यक्रम गणेश चलचित्र मन्दिरमा आयोजना गरिएको छ।

र्‍यालीमा सहभागीहरुले ‘आजलाई होइन भोलिलाई, हाम्रो साथ केपी ओलीलाई’ लगायतका नारा लगाएका थिए ।

प्रकाशित : पुस १६, २०७७

प्रतिक्रिया दिनुहोस्