प्रदेश १ मा प्रचण्ड–नेपाल समूहका १५ सांसद निलम्बत



मोरङ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रचण्ड–नेपाल समूहका १५ जना प्रदेशसभा सदस्यलाई निलम्बत गरेका छन् ।

मुख्यमन्त्री राईले पार्टी विभान विपरित काम गरेको भन्दै प्रचण्ड–नेपाल समूहका १५ जना प्रदेश सदस्यलाई तीन महिलाका लागि निलम्बा गरी अनुशासनको कारबाही गरेका हुन् ।

प्रदेशसभा सदस्यलाई निलम्बन गरेको बोधार्थ पत्र प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा सचिवालयमा बुझाएका हुन् ।‘तपाई नेकपा संसदीय दलको सदस्य भएको अवस्थामा दलको नेतालाई नसोधी, कुनै जानकारी नदिई प्रदेश सभा समक्ष अविश्वासको प्रस्तावमा सहि गर्नु भएको तथा दफा ११ (ङ) बमोजिम संसदीय दलको बैठकमा दलका नेताले तोकोको स्थान, मिति तथा कार्यसूचनाका बारेमा दलका नेतालाई जानकारी नदिई दफा २४ को (क) (ख) (ग) (च) (छ)को अनुशासन पालना नगरेकोमा तगा विधानको दफा २५ बमोजिमको निर्देशनको उल्लंघन गर्नुभएबाट तपाईलाई सोधिएको स्पष्टिकरणको समेत जवाफ नदिनु भएकोले नेकपा संसदीय दलको विधान २०७३ को दफा २६ (ग)को (२) (४) बमोजिम आगाी तीन महिनाको लागि संसदीय दलको कुनै पनि क्रियाकलापमा भाग लिन बञ्चित गरिएको छ,’ पत्रमा लेखिएको छ–‘साथै संसदीय दलको सदस्यता निलम्बन गरिएको व्यहोरा समेत जानकारी गराउँदछु ।’

दलको विधान विपरित दलका नेता मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रतावमा हस्ताक्षर गरेकामध्ये १९ जना प्रदेशसभा सदस्यलाई प्रमुख सतेक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्रीको निर्देशनमा सोमबार २४ घण्टे स्पष्टिकरण सोधेका थिए ।

प्रकाशित : पुस १६, २०७७

प्रतिक्रिया दिनुहोस्