थप ५३४ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा थप ५ सय ३४ कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ ।

गत २४ घण्टामा ६ हजार पीसीआर परीक्षण भएको छ । हाल देशभर ६ हजार ३ सय ७८ सय जना सक्रिय संक्रमित रहेका छन् भने ३६२ जना क्वारेन्टिनमा छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८५६ पुगेको छ ।

प्रकाशित : पुस १६, २०७७

प्रतिक्रिया दिनुहोस्