उपत्याकमा थप २४७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : पछिल्लो २४ घण्छामा काठमाडौं उपत्यकामा थप २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १०३ महिला र १४४ पुरुष छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २२५, भक्तपुरमा ३८ र ललितपुरमा ४९ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ५ सय ३४ कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८५६ पुगेको छ ।

प्रकाशित : पुस १६, २०७७

प्रतिक्रिया दिनुहोस्