न्यूराेडबाट एक कराेड मूल्य बराबरकाे बिस्फोटक पदार्थ पटका बरामद



काठमाडाैं: प्रहरीले सम्भवतः अहिलेसम्मकै ठुलो परिणाममा पटका गोदाममा छापा मारेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएका विशेष टोलीले न्यूरोडको महाबौद्धस्थित दुर्इ गोदममा एकै पटक छापा मारेको हो ।

 

महाशाखाका डिएसपी रुगम कुँवरको नेतृत्वमा खटिएकाे टोलीले एक कराेड रुपैयाँ बराबर मूल्य बराबरको १० क्विन्टल भन्दा बढी पटका बरामद गरेको महाशाखाका प्रमुख एसएसपी  धिरज प्रताप सिंहले बताए ।

 

अवैध रुपमा पटका भित्र्याउने सर्लाही वारगन्ज–७ का नन्दलाल साहसहित तीन जनालाई पक्राउ गरेको छ । खेलौना पसलको आवरणमा उनीहरुले पटकको अवैध धन्दा सञ्चालन गर्दै आएका थिए ।

 

तिहार लक्षित गरी ल्याइएका पटका असरमा नै नेपाल भित्रिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । गोदाममा माल्टा बारुद, झिरझिरे, रकेट, चक्र, गमला लगायतका पटका बरामद भएको छ । बिष्फोटक पदार्थअन्तर्गत अनुसन्धान गरी दोषीलाई कारबाही गरिने प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्