रियल म्याड्रिडकाे पाेष्टमा बार्सिलोनाकाे लगातार गाेल



बार्सिलोना (एजेन्सी) : स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-१ ले हराएको  छ। 

 

लियोनल मेस्सी विनाको बार्सिलोनाले फिलिप कौटिन्हो र लुइस स्वारेजको गोलमा पहिलो हाफमा २-० को अग्रता बनाएको थियो । खेलको ११ औं मिनेटमा गोल गर्दै घरेलु टोली बार्सिलोनाले सुरुआती अग्रता लियो। राकिटिक, स्वारेज र कौटिन्होबीचको राम्रो तालमेल पछि बार्सिलोनाले अग्रता बनाएको थियो ।

 

बार्सिलोनाले ३० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर गरेको हो । लुइस स्वारेजले पेनाल्टीलाई सदुपयोग गरेका हुन्। खेलको २८ औं मिनेटमा रफिएल भरानले स्वारेजमाथी फल गरेपछि रेफ्रीले पेनाल्टी दिएनन्। तर भारको प्रयोगसँगै बार्सिलोनाले पेनाल्टी पाएको थियो।

 

दोस्रो हाफमा रियलले मार्सलोको गोलमा पुनरागमन गर्ने सम्भावना देखाएपनि बार्सिलोनाले तीन गोल थप्यो । सुअारेजले ७५ र ८३ अौं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । अार्टुरो भिडालले अन्तिममा गोल गर्दै फराकिलो जित पक्का गरे ।

प्रतिक्रिया दिनुहोस्