बाँकेमा कोरोना संक्रमित वृद्धको मृत्यु



नेपालगञ्ज : बाँकेमा उपचररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा बाँके खजुराका ८८ वर्षीय पुरुषको शनिबार बिहान तीन बजेर २० मिनेटमा मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार खजुरा गाउँपालिका–७ का ८८ वर्षीय वृद्धलाई स्वास्थ्यमा समस्या आएपछि गत मंसिर ३० गते अस्पतालमा ल्याइएको थियो ।

वृद्धलाई त्यही दिन कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि निरन्तर उपचारमा रहेका वृद्धको आज बिहान मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट ४४ जनाको मृत्यु भएको छ ।

प्रकाशित : पुस १८, २०७७

प्रतिक्रिया दिनुहोस्