पर्साका प्रहरी निरीक्षक राजेशराज पुरी ‘पुलिस अफ द मन्थ’



वीरगञ्ज : वडा प्रहरी कार्यालय विर्ता वीरगञ्जमा कार्यरत प्रहरी निरीक्षक राजेश राज पुरी पर्सा जिल्ला कै उत्कृष्ट प्रहरीका रुपमा सम्मानित भएका छन् ।

पछिल्लो एक महिनाको अवधिमा प्रहरी निरीक्षकका रुपमा उनले अपराध नियन्त्रण, शान्ति सुरक्षा र प्रहरी परिचालनमा उल्लेखनीय कार्य गरेकोले प्रहरी निरीक्षक पुरीलाई जिल्लाको उत्कृष्ट प्रहरीका रुपमा सम्मानित गर्दै (पुलिस अफ द मन्थ) उल्लेखित सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।

एक कार्यक्रमको आयोजना गरि पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गङ्गा पन्तले उनलाई सम्मान पत्र हस्तान्तरण गरेर सम्मान गरेका हुन् ।

No description available.

पुरी गएको असोज महिनाको १८ गतेबाट वडा प्रहरी कार्यालय विर्ताको प्रहरी निरीक्षकको रुपमा दरबन्दी भई आफ्नो कार्यभार इमान्दारीपूर्वक सम्हाल्दै आएका छन् ।

उनीले जघन्य प्रकृतिका अपराध नियन्त्रण गर्नुका साथै अवैध हतियार पक्राउ, लागूऔषध पक्राउ, चाँदी पक्राउ, विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ, चोरी निकासीमा नियन्त्रण, सवारी दुर्घटना न्युनिकरण जस्ता कार्यहरुलाई निस्तेज बनाउन उलेखनिय कार्य गरेका छ्न् ।

पुरीले कम समयमा बढी घटनाहरु न्युनिकरण गर्न सफल भएका छन् भने राज्यलाई उल्लेखनीय मात्रामा राजश्व संकलन गर्ने समेत सहयोग पुर्‍याएका छन् ।

उनले समाजमा शान्ति सुरक्षा कायम गर्नमा विशेष ध्यान दिई समय–समयमा विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु समेत गर्ने गरेकोले उनलाई २०७७ साल मंसिर महिनाको उत्कृष्ट प्रहरी (पुलिस अफ द मन्थ) को रुपमा सम्मान गरिएको छ ।

प्रकाशित : पुस १८, २०७७

प्रतिक्रिया दिनुहोस्