अफगानिस्तानमा पत्रकारको हत्या



एजेन्सी : अफगानिस्तानमा शुक्रबार एक रेडियो स्टेशनका प्रधान सम्पादन (पत्रकार)को हत्या भएको छ । घोर प्रान्तमा बन्दुकधारीको आक्रमणमा स्थानीय रेडियो स्टेशनका प्रधान सम्पादक बिस्मिल्लाह अइमकको मृत्यु भएको हो ।

परिवारसँग भेट गरेर फर्किँदै गर्दा घोरको राजधानी फेरोज कोह नजिकै अइमक सवार गाडीमा बन्दुकधारीले आक्रमण गरेका हुन् । अफगानिस्तामा पछिल्लो दुई महिनामा पाँच जना पत्रकारको हत्या भएको छ ।

रिपोर्टस विथआउट बोडर्सका अनुसार महिना दिनअघि पनि अइमकको हत्या प्रयास भएको उनको शुक्रबार हत्या भएको हो । पछिल्लो समय अफगानिस्तानका अधिकारकर्मी तथा सरकार पक्षधर व्यक्तिहरुलाई निशाना बनाउन थालिएको छ ।

हत्याका धेरै घटनामा कुनै पनि बिद्रोही समूहले जिम्मा लिएका हुँदैनन् । तर सरकारी अधिकारीले त्यस्ता अधिकांश घटनामा तालिबानको संलग्नता हुने गरेको बताउने गरेका छन् ।

यसअघि पत्रकारहरु राहमतुल्लाह नेक्जाद, मलाला माइवान्द, यामा सिएवाश र एलियास दायी तथा चलचित्र निर्देशक सबा साहरको हत्या भएको थियो ।

प्रकाशित : पुस १८, २०७७

प्रतिक्रिया दिनुहोस्