प्रचण्ड–नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्ने



काठमाडौं : प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समूहले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध प्रचण्ड–नेपाल पक्षले दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने तयारी गरेको हो । दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गर्ने तयारी उनीहरुको छ ।

यसअघि नै दोस्रो चरणको आन्दोलन घोषणाको तयारी गरको यो समूहले नेपाली काँग्रेस र जसपाको साथ लिएर संयुक्त आन्दोलन गर्ने भन्दै समय लिएको थियो । तर, जसपा र काँग्रेसले स्पष्ट साथ नदिएपछि एक्लै आन्दोलन गर्ने रणनीति प्रचण्ड–नेपाल समूहले लिएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले कांग्रेस र जसपासँग आन्दोलनमा सहकार्यका लागि पहल भइरहेको बताए ।

अहिले पार्टीको संघर्ष समन्यव समितिको बैठक बसिरहेको छ । यो बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने र त्यसलगत्तै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी रहेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित : पुस १८, २०७७

प्रतिक्रिया दिनुहोस्