मुख्यमन्त्री भट्टले बोलाए संसदीय दलको बैठक



धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले संसदीय दलको बैठक बोलाएका छन् । आज बिहान साढे ११ बजेका लागि मुख्यमन्त्री भट्टले संसदीय दलको बैठक बोलाएका हुन् ।

बैठकमा उनले पार्टी विभाजनपछि ओली समूहमा लागेका प्रदेशसभा सदस्यलाई कारबाही गर्न सक्ने अनुमान गरिएको छ । तर प्रचण्ड-नेपाल समूहका प्रदेशसभा सदस्यहरुले भने बैठकको कार्यसूचीबारे कुनै जानकारी नै नदिइएको बताएका छन् ।

प्रकाशित :१८ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्