बर्नलेमाथि चेल्सी फराकिलो अन्तरले विजयी



इंङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलेविरुद्ध चेल्सी ४–० गोल अन्तरले विजयी भएको छ । रस ब्रेक्लेले १ गोल तथा २ गोलमा सहयोग गरेपछि बर्नलेमाथि चेल्सी  फराकिलो अन्तरले विजयी भएको हो ।

बर्नलेको मैदानमा पहिलो हाफमा १ गोल गरेको चेल्सीले दोस्रो हाफमा ३ गोल थपेको थियो । २२औं मिनेटमा अल्बारो मोराटाले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । मोराटले रस ब्रेक्लेले दिएको पासलाई गोलमा परिणत गरेका थिए । ५७औं मिनेटमा रस ब्रेक्लेले कान्टेको सहयोगमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

विलियनले पनि ६२औं मिनेटमा ब्रेक्लेको पासमा चेल्सीका लागि तेस्रो गोल गरेका थिए । दोस्रो हाफको अतिरिक्त समयमा रोविन लफ्टस चेकले टिमका लागि चौथो गरे । आजको जितसँगै चेल्सीले १० खेलबाट २४ अंक पुर्याएको छ । तालिकाको दोस्रो स्थानमा रहेको चेल्सी भन्दा २ अंक मात्रै बढी शीर्ष स्थानको लिभरपूलको रहेको छ । 

प्रतिक्रिया दिनुहोस्