हामी जहाँ छौं, त्यहीँ नेकपा र सूर्य चिन्ह हुन्छ : कृष्ण राई



काठमाडौं : नेकपा काठमाडौं जिल्ला अध्यक्ष तथा विघटित प्रतिनिधि सभाका सदस्य कृष्ण राईले सूर्य चिह्न केपी शर्मा ओली पक्षकै रहने बताएका छन् ।

शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन् ।

आफूहरु सडक प्रदर्शन वा आन्दोलनमा नजाने पनि प्रष्ट पार्दै उनले पार्टीको नाम र चुनाव चिन्ह सूर्य आफूहरुसँग सुरक्षित रहेको दाबी गरेका हुन् ।

‘प्रदर्शनमा आउने रहर हुनेहरुलाई दिने स्थान खाली गरेका छौं । हामी पार्टीको संस्थापन हौं’ राईले भने, ‘हामीले पार्टीको नाम र चुनाव चिन्ह माग्नै पर्दैन, हामीसँगै छ ।’

संसद विघटनविरुद्धमा देशव्यापी प्रदर्शनमा रहेको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षलाई कटाक्ष गर्दै उनले संस्थापन पक्ष जहाँ उभिन्छ सूर्य चिन्ह त्यहीँ हुने बताए ।

प्रकाशित : पुस १८, २०७७

प्रतिक्रिया दिनुहोस्