आइतबार सुनको मूल्य स्थिर



काठमाडौं : नेपाली बजारमा आज (आइतबार)सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार छापावाला सुन तोलामा रु ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार पनि सोही मूल्यमा सुनको कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि स्थिर रही तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य तोलामा १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : पुस १९, २०७७

प्रतिक्रिया दिनुहोस्