जीप दुर्घटना, पूर्वराज्यमन्त्री साहसहित ५ जना घाइते




नेपालगन्ज : नेपालगन्जबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा पूर्वराज्यमन्त्रीसहित ५ जना घाइते भएका छन् ।

सोमबार दिउँसो १२ बजेतिर बा २१ च ४७४६ नम्बरको जीप बाँसगढी नगरपालिका-१ स्थित मौरीखोला र उन्तिस खोलाकोबीचमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा पूर्वजलस्रोत राज्यमन्त्री विनोद कुमार साह, उनकी श्रीमती लक्ष्मी शाह, दैलेखको विन्द्रासैनी नगरपालिका-२ का सूर्य बहादुर शाही, आठबिस नगरपालिकाका पद्म माझी र चालक विनय भण्डारी घाइते भएका छन् । लक्ष्मी शाह जिल्ला समन्वय समिति दैलेखकी उपप्रमुख हुन् । घाइतेहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

‘पूर्वमन्त्री साह, उनकी श्रीमती र चालकको अनुहारमा चोट लागेको छ,’ प्रहरी चौकी चेपाङका प्रहरी नायब निरीक्षक जय प्रकाश भट्टले भने । पूर्वमन्त्री साहको कोहलपुर मेडिकल कलेजमा र अन्यको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको प्रहरीको भनाइ छ । जीप सडकबाट करिब ६० मिटर तल खसेको थियो ।

प्रकाशित :२० पुष, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा ३३६ कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल (मप) विश्वविद्यालयका क्यामपस प्रमुखहरुले सामूहिक राजीनामा दिएका छन् । उपकुलपतिको

काठमाडौं : भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको १० लाख डोज कोरोनाविरुद्धको खोप आज काठमाडौं

काठमाडौं : सर्लाहीको हरिवन नगरपालिका–४ मा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौं : प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै छ । देशभरका

काठमाडौं : पछिल्लो २४ घण्टामा ३१८ जना कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु

काठमाडौं : कृषिका प्राथमिक उत्पादनका क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्कालका लागि रोक्न

काठमाडौ : भारत सरकारले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भएको छ । बुधबार

जेनेभा : कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिट निवेदनमा बहस गर्न कानुन व्यवसायीहरुका लागि आधा घण्टाको

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आज दुई खेल हुँदैछ । साविक विजेता