कोशी करिडोरमा सातवटा पुल निर्माण हुँदै



काठमाडौं : निर्माणाधीन कोशी करिडोरमा चालु आर्थिक वर्षभित्र थप सात पुल निर्माण सम्पन्न हुने भएको छ । हाल नौ पुल निर्माणाधीन रहेकामा सात सम्पन्न हुने देखिएको हो ।

राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण करिडोरमा अहिलेसम्म जम्मा २२ पुल चाहिने देखिएको कोशी करिडोर, खाँदबारी–किमाथाङ्का सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले बताए । अहिलेसम्म एउटा पुल मात्रै सम्पन्न भएर सञ्चालनमा छ । खाँदबारीबाट ५० किमी अगाडि अरुणखोलामा झण्डै तीन वर्ष पहिले पुल बनेको थियो । उनका अनुसार मौसम र समयानुकूल भए चालु आवभित्रै सात पुल सम्पन्न गर्न सकिन्छ । फाकसिन्दाबाट अगाडि रहेको पुल निर्माणको अन्तिम चरणमा पुगेको र अबको दुई साताभित्रै सकिने देखिएको उनको भनाइ छ । उनले भने, “करिडोरको अरुणखोलामा एउटा पुल सम्पन्न भइसकेको छ भने अरु ससाना खोलामा पुल निर्माणाधीन छन् ।”

करिडोरअन्तर्गत नै पाँच पुल डिजाइनको स्वीकृत क्रममा रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । डिजाइन स्वीकृत भएमा चालु आवभित्रै ठेक्का निकाल्न सकिने उहाँको भनाइ छ । त्यो ठाउँमा सामग्री नभएकाले डिपिआर गरेर पछि निर्माण गर्ने भन्ने पनि छलफल भइरहेको छ । उनले भने, “निर्माण सामग्री नै नपाउने र पाउँदा पनि गुणस्तरीय पाउन गाह्रो छ ।”

जम्मा १६२ किमी लम्बाइको सडकमा १४८ किमीमा ट्र्याक खुलिसकेको छ । सो करिडोरअन्तर्गतको १४ किमी सडकको ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ । गत वर्ष फागुनमा सरकारले सेनालाई जिम्मेवारी दिएको थियो । सेनाले निर्माणको काम माघ महिनादेखि शुरु गर्ने गरी अघि बढाएको जनाएको छ । अहिले राजमार्गको १० किमी सडक स्तरोन्नति भइरहेको छ भने ३९ किमी सडक कालोपत्र गर्न लागिएको योजनाले जनाएको छ । अर्थ मन्त्रालयले कालोपत्रका लागि रु दुई अर्ब ६० करोड स्वीकृत गरिसकेकाले ठेक्कामा जान लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसको शपथ कार्यक्रममा सुरक्षा

काठमाडौं । भारतले नेपालसहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप बुधवारबाट कोरोनाभाइरस खोप उपलब्ध गराउने घोषणा

काठमाडौैं : पछिल्लो २४ घण्टामा ३४८ कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको

काठमाडौं : भारतले नेपालसहितका छिमेकी मुलुकलाई कोरोना भाइरस विरुद्धको खोप करिब एक करोड डोज निःशुल्क

नेपालगञ्ज : बाँकेमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन

काठमाडौं : नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको भारतीय कोरोनाविरुद्धको खोप उपलब्ध भएको दुई

काठमाडौं : विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड(१९ खोपको जोहो गर्नका लागि लाइन

काठमाडौं : पछिल्लो २४ घण्टामा ३२२ कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको

काठमाडौं : नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

खलङ्गा : नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले तालिका नै सार्वजनिक गरेर लोडसेडिङ हुने जनाएको

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा

काठमाडौं । निर्वाचन आयोगले सरकारले तोकेको वैशाख १७ र २७ गतेको प्रतिनिधिसभा निर्वाचनको सम्बन्धमा राजनीतिक