फिक्कलमा कुमारी बैंकको शाखा विस्तार



फिक्कल : कुमारी बैंकले इलामस्थित फिक्कलमा शाखा कार्यालय विस्तार गरेको छ । बैंकमा संचालक समिति सदस्य महेश प्रसाद पोखरेल र सूर्योदय नगर प्रमुख रणबहादु राईले संयुक्त रुपमा शाखा उद्धघाटन गरेका थिए । बैंकले त्यस क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले १८६ औ शाखाको रुपमा फिक्कलमा शाखा विस्तार गरेको हो ।

शाखा उद्धघाटनको सभापतित्व बरिष्ठ गीतकार, संगीतकार एवम साहित्यकार गणेश रसिक रहेका थिए । नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संचालक समिती सदस्य महेश प्रसाद पोखरेल, डेपुटी सिइओ मनिष तिमल्सिनाको आतिथ्यता रहेको थियो ।

उद्धघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख राईले सूर्योदय नगरपालिका कृषिको सम्भाव्य क्षेत्र भएकाले बैंकले सहुलियत कृषि ऋणलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले नगर क्षेत्रमा हाल ५० हजार लिटर दैनिक रुपमा दुध उत्पादन हुँदै आएकोमा छिट्टै २ लाख लिटर पु¥याउन कार्यक्रम अघि सारेको बताए । राईले स्थानीय सरकार आएपछि कृषिलाई प्राथमिकतामा राखेर १२ करोड रुपैया बजेट छुट्याएको बताए । उनका अनुसार नगरले १ अर्ब २० करोड बराबरको बजेट बनाएकोमा अन्य क्षेत्रबाट गरी कुल ३ अर्ब बराबरको परियोजना चालु आर्थिक बर्षमा संचालन भइरहेको बताए ।

डेपुटी सिइओ तिमसिनाले बैंकको हालको अवस्था र प्राथमिकताको क्षेत्रको बारेमा धारणा राखेका थिए । उनले कृषि क्षेत्रमा सहुलियत ऋणका लागि सम्झौता प्रक्रिया अघि बढाएकोमा सूर्योदय नगरपालिका समेत स्थानीय सरकारसंग साझेदारीमा अघि बढ्ने बताए । बैंकले देशभर नयाँ शाखा विस्तार गरिरहेको डेपुटी सिइओ तिमल्सिनाले बताए । बैकमा हाल १२९ अर्ब बचत तथा ११८ अर्ब ऋण लगानी भएको तिमल्सिनाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्