आज सुनको मूल्य तोलामा ११ सयले बढ्यो



काठमाडौं : आज नेपाली बजारमा सुनको मूल्य ११ सयले बढेको छ ।

साताको दोस्रो दिन छापावाला सुन प्रतितोला ९५ हजार ३ सयमा कारोबार भएको थियो भने मंगलबार १ हजार एक सयले बढेर प्रतितोला ९६ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसै गरी आज तेजावी सुन प्रतितोला ९५ हजार ९ सयमा कारोबार भइरहेको छ । महासंघका अनुसार मंगलबार बजारमा चाँदीको मूल्य बढेर प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित :२१ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्