श्रीमतीको हत्या अभियोगमा राई पक्राउ



इलाम : श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमती हत्या गरेको अभियोगमा देउमाई नगरपालिका ८ आमबोटेका ३३ वर्षीय सुवास राईलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादकै क्रममा श्रीमती नम्रता राईमाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :२१ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्