ट्रकले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु



काठमाडौं : भक्तपुरको मध्यपुर थिमि नगरपालिका ३ गठ्ठाघरस्थित सडक दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार घाइते भक्तपुरको सूर्यविनायक नपा ४ दधिकोट बस्ने ५८ वर्षीय नरहरि न्यौपानेको मृत्यु भएको हो ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख ६७८ नं.को एलपी ट्रकको पछाडिको भागले सोही दिशातर्फ जाँदै गरेको बा ८२ प ९७३७ नं.को स्कुटीलाई ठक्कर दिएको र ट्रकको ठक्करले स्कुटर सडकमा लड्दा चालक न्यौपाने ट्रककै पछाडिपट्टिको चक्कामा पर्न गएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परी घाइते भएका न्यौपानेलाई उपचारको लागि नागरिक अस्पताल पुर्याइए पनि उनको उपचारकै क्रममा मृत्यु भएको थियो । सवारीसाधन र चालकलाई महानगरीय प्रहरी वृत्त ठिमीले नियन्त्रणमाको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :२१ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्