नेकपाभित्र कारबाहीको शृंखला बढ्दो, युवराजको ‘पुनरागमन’ शंकरलाई तगारो



काठमाडौं । विभाजनको संघारमा रहेको सत्तारुढ नेकपाभित्र एक समूहले अर्कोलाई कारबाही गर्ने शृंखला बढ्दो छ । यसैक्रममा दाहाल नेपाल समूहको निसानामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि परे ।

उनलाई नेकपाको लुम्बिनी प्रदेश इन्चार्जबाट मुक्त गरेको यो समूहले युवराज ज्ञवालीलाई ल्यायो । पछिल्लो केही समययता पार्टी राजनीतिमा भूमिकाविहीन जस्तै बनेका ज्ञवाली पुनः सक्रिय राजनीतिमा फर्किएका छन् ।

तर दाहाल नेपाल समूहको कारबाहीसँगै कुनै समय एक अर्काका कट्टर प्रतिस्पर्धी फेरि आमनेसामने बनेका छन् । अन्तरसंघर्षको तीन दशक लामो अवधि पूरा गरेका प्रतिस्पर्धी ज्ञवाली र पोखरेल अहिले फरक फरक गुटको नेतृत्व गर्दै जुध्न आइपुगेका छन् ।

ज्ञवालीको निस्त्रियतापछि दाङ कम्युनिष्ट राजनीतिका विकल्पविहीन नेताका रुपमा रहेका पोखरेललाई ज्ञवालीको पुनरागमन तगारो बन्न सक्ने आँकलन गरिएको छ । यो समाचार आजको नागरिक दैनिकमा देवेन्द्र बस्नेतले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्