विदेश जान हिडेका युवा बेपत्ता



इलाम : विदेश जान भनि घरबाट हिडेका युवा बेपत्ता भएका छन् । सूर्योदय नगरपालिका–१ बाङ्गिनका ३४ वर्षीय सुवास थामी मलेसिया जाने भन्दै घरबाट हिडेको एकवर्ष बितिसक्दा पनि परिवारको सम्पर्कमा नआएर वेपत्ता भएका हुन् ।

गत बर्ष माघ २ गते मलेसिया जाने भन्दै काठमाडौ हिडेका सुवासले एक बर्षदेखि कसैलाई सम्पर्क नगरेको परिवारले जनाएको छ । दाजु विमल थामीका अनुसार उनले विदेश जाने टुंगो लागेको भन्दै पैसा मागेपछि एक लाख ७५ हजार काठमाडौं पठाएको बताए । उनले भने ‘भाइ वेपत्ता भयो, विदेश जान काढेको ऋण पनि बढेको बढेकै छ ।’ पछिल्लो पटक आठ बजे फ्लाइट छ पैसा पठाउनु भनेपछि गत वर्ष रकम पठाएको विमलले बताए ।

यतिका दिन वितिसक्दा पनि सम्पर्कमा नआएपछि परिवारले इलाका प्रहरी पशुपतिनगरमा खोजतलासका लागि निवेदन गरेका छन् । प्रहरी अनुसार खोजी कार्य भइरहेको जनाएको छ । सुवास यसअघि चार बर्ष मलेसिया र तीन बर्ष कतार बसेर फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस्