महाेत्तरी कारागारमा रहेका एक कैदीकाे मृत्यु



महाेत्तरी : जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा महोत्तरी जिल्ला गौशाला नगरपालिका १२ लक्ष्मीनियाँ घर भई २०७४ साल साउन १६ गतेदेखि उक्त कारागारमा बन्दी जीवन बिताउँदै आएका ४० बर्से रामनरेश शर्मा रहेका कारागार प्रमुख शोभेन्द्र ठाकुरले जानकारी दिए ।

 

बुधबार बेलुका एपेन्डिसाइट्सका कारण पेट दुखेपछि उनलाई जलेश्वरस्थित शान्ति सामुदायिक अस्पतालमा उपचारका लागि लगिएकाे र राति ९ बजे उपचारकै क्रममा मृत्यु भएको ठाकुरले जानकारी दिए।

महोत्तरी जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दाअन्तर्गत २०७४ साउन १६ गते उनलाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएकोमा उनी सोही बेलादेखि बन्दी जीवन बिताउँदै आएका थिए। रासस

प्रतिक्रिया दिनुहोस्