सिकार खेल्न गएका युवक २ वटा भरुवा बन्दुकसहित पक्राउ



भद्रपुर : सिकार खेल्न गएका एक युवकलाई २ वटा भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कचनकवल गाउँपालिका ७ खुट्टामारीका ३२ वर्षीय मनिष माङमु हुन् । उनलाई मंगलबार बेलुका ५ बजे कचनकवल ७ स्थित पाथीभरा सामुदायिक वनमा केही व्यक्ति बन्दुक बोकेर सिकार खेल्न प्रवेश गरेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डेले बताए ।

बिओपी पृथ्वीनगर र पाठामारीबाट गएको टोलीले उनलाई पक्राउ गरेको र हतियारसहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित :२२ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्