गैँडाको आक्रमणले महिलाको मृत्यु



चितवन : गैँडाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–७ मालपुरकी ४० वर्षीया माया तामाङ हुन् ।

चितवन राष्ट्रिय निकुञ्जमा दाउरा काट्न गएकी तामाङलाई गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

गैँडाको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको निकुञ्जले जनाएको छ । स्थानीय ६ जना महिला मिलेर घाँस दाउरा काट्न गएकोमा उनलाई गैँडाले आक्रमण गरेको थियो । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

प्रकाशित :२२ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्