गायक खरेललाई गालीगलौज गर्ने रेग्मीलाई कारबाही गर्न संगीतकर्मीको अनुरोध



काठमाडौं : एक म्युजिक कम्पनीका सञ्चालकले गायक प्रमोद खरेललाई गालीगलौज र अपमानपूर्ण अभिव्यक्ति दिएको भन्दै संगीतकर्मीहरुले प्रहरीसमक्ष दोषीलाई कारबाही गर्न अनुरोध गरेका छन् ।

खरेललाई विन्धावासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीले त्यस्तो व्यवहार गरेको भन्दै दोषीलाई कानुनी प्रक्रियाअनुसार कारबाही गर्न ५७ जना संगीतकर्मीहरुले हस्ताक्षरसहित टेकु प्रहरीसमक्ष आग्रह गरेका हुन् ।

आफ्ना सिर्जना नियमअनुसार फिर्ता माग्दा आफूलाई अन्यायपूर्ण व्यवहार गरिएको गायक खरेलले बताएका छन् । उनीहरुले नेपाली संगीत डिजिटल युगमा प्रवेश गरेसँगै आफैंले लगानी गरेर बजारमा ल्याएको गीत लगानीकर्ताको हुनुपर्ने माग गरिएको छ ।

पत्रमा लेखिएको छ,‘हाल श्रष्टा, प्रस्तोताहरुले आफूले विगतमा सृजना गरेका, आफैंद्वारा लगानी गरिएका तथा आफैंमा प्रतिलिपि अधिकार रहेका जति सिर्जनाहरुलाई आफैंमा फिर्ता लिने अभियान चलाएका छन् । यसमा म्युजिक कम्पनीको साथ रहेन ।’

प्रकाशित :२३ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्