आज सुनको मूल्य तोलामा १३ सयले घट्यो



काठमाडौं : आज सुनको मूल्य १३ सयले घटेको छ । छापावाला सुनको मूल्य तोलामा ३ हजार ३ सयले घटेर ९५ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुनको मूल्य तोलाको ९६ हजार ७ सय थियो । तेजाबी सुनको मूल्य तोलामा पनि १ हजार ३ सयले घटेर ९४ हजार ९ सयमा कारोबार भइरहेको छ ।

बुधबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार २ सय थियो । यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित:२३ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्