बोलेरोले ठक्कर दिंदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु



बुटवल : रुपन्देहीको रोहिणीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

भैरहवा-परासी हुलाकी सडकखण्ड अन्तर्गत रोहिणी-३ रामनगरस्थित भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु २ च २८४२ नम्बरको बोलेरो पिकअप जीपले विपरित दिशाबाट आउँदै गरेका दुई मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा लु ३७ प ६७९८ नम्बरको मोटरसाइकल पछाडि सवार स्याङ्जा गल्याङ्ग नगरपालिका खरीपानीका ३० वर्षीय गणेश अधिकारी र लु २१ प ७८११ नं.को मोटरसाईकल चालक देवदह नगरपालिका कदमीपुरका २३ वर्षीय असिम चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।

अधिकारीको भैरहवा मेडिकल कलेज र चौधरीको भीम अस्पताल भैरहवामा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका पश्चिम नवलपरासी सुनवलका २८ वर्षीय बिमल गैरे र देवदह कदमपुरकी २५ वर्षीय रमिता चौधरीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :२३ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्