मन्त्री चौधरीलाई कालो झण्डा



सुखड् : कैलालीमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चोधरीलाई कालो झण्डा देखाइएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका १ मा मन्त्री चौधरीलाई प्रचण्ड-नेपाल समूहको अनेरास्ववीयूले कालोझण्डा देखाएको हो ।

प्रतिनिधिसभा विघनपछि गठित असंवैधानिक मन्त्रिपरिषद्मा मन्त्री बनेको भन्दै कालोझण्डा देखाइएको अनेरास्ववीयू कैलालीले जनाएको छ ।

प्रकाशित :२३ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्