सुर्खेतबाट जाजरकोट जाँदै गरेको बस भेरी नदीमा खस्यो



सुर्खेत : सुर्खेत गुर्भाकोट नगरपालिका-९ गराले बजारनजिकै यात्रुबाहक बस भेरी नदीमा खसेको छ ।

छिन्चुबाट जाजरकोट जाँदै गरेको बस भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । दिउँसो ३ बजे बस भेरी नदीमा खसेको हो ।

१ जनाको शव भेटिएको छ र १ जना घाइतेको उद्धार भाएको छ । बस पानीमा डुबेकोले नम्बर नखुलेको प्रहरीको भनाइ छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीले प्रहरी घटनास्थलतर्फ जाँदै गरेको बताएका छन् ।

प्रकाशित :२३ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्