आज ४१२ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा ४१२ जना कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये ५ हजार ५८ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ५ हजार १ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा ४ सय १२ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ६९ हजार २ सय ९२ पुगेको छ । आज थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३ पुगेको छ ।

अहिले ३४२ जना क्वारेन्टाइनमा रहेका छन् । २४ घण्टामा ४८३ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं १११ महिला र १४० पुरुष गरी २५१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा १ लाख २२ हजार ७५७ जना व्यक्ति संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा १९८, ललितपुरमा २८ र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको छ । हालसम्म काठमाडौंमा मात्र ९८ हजार २७६ जना संक्रमित भएका छन्, जसमध्ये ४७६ जनाको मृत्यु भएको छ ।

हालसम्म ९५ हजार ३५७ सय जना निको भएका छन् । ललितपुरमा १५ हजार ४८२ जना संक्रमित भएका छन् । जसमा १४९ जना संक्रमितको मृत्यु भएको छ । ललितपुरमा १५ हजार ४ जना निको भएका छन् ।

भक्तपुरमा ८ हजार ९९९ संक्रमितमध्ये ११० जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ७४३ जना निको भएका छन् । आज काठमाडौंमा २ हजार ४४३ ललितपुरमा ३२९ र भक्तपुरमा १४६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित :२३ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्