बसमा सवार ३ मध्ये एकको मृत्यु, एक घाइते र एक जना बेपत्ता



सुर्खेत :छिन्चु-जाजरकोट सडक खण्डअन्तर्गत गुर्भाकोट नगरपालिका-९ गराले भुल्के नजिकैबाट भेरी नदीमा खस्दा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा बसका चालक दाङको बबई गाउँपालिका-३ का सुमन नेपाली हुन् । दाङबाट सल्यान कालिमाटी हुँदै सल्लीबजार सल्यानतर्फ जाँदै गरेको ना ५ ख ७७५० नं.को बस दुर्घटना भएको हो ।

कालिमाटी गाउँपालिका-४ खैरेनी सल्यानका ईश्वर सुनार घाइते भएका छन् । उनलाई सुर्खेतको मेहलकुना अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको प्हरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीमगरका अनुसार दुर्घटनामा एक जना बेपत्ता भएका छन् । उनको खोजीकार्य जारी रहेको छ । उनले भने,‘घाइतेले बताएअनुसार बसमा ३ जना सवार थिए । तीमध्ये २ जना भेटिए पनि एक जना बेपत्ता छन् ।’

प्रकाशित:२३ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्