६ महिनामै चर्कियो चार अर्ब २७ करोडमा पिच गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग



काठमाडौं : करिब ५० वर्ष पुरानो धावनमार्ग पटकपटक भत्कने गरेकोले आकाशमा जहाज होल्ड गरेर हतारहतार पिच गर्नुपर्ने अवस्था थियो । पटकपटक समस्या आएपछि गरिएको नयाँ पिच पनि एक वर्ष नपुग्दै भत्कन थालेको छ ।

चार अर्ब २७ करोड खर्च गरेर गतवर्ष मात्र परिवर्तन गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ठाउँठाउँमा चर्किएको छ । करिब एक वर्ष लगाएर काम सम्पन्न भएको ६ महिना नहुँदैदेखि धावनमार्गमा चिरा देखिन थालेका छन् ।

५० वर्ष पुरानो तीन किलोमिटर लामो धावनमार्गको कालोपत्रे परिवर्तनको ठेक्का चिनियाँ सरकारी कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो ।
यसका लागि सरकारको बजेट होइन, यात्रुबाट उठाइएको विमानस्थल विकास पूर्वाधार करको चार अर्ब २७ करोड रुपैयाँ खर्च भएको थियो । सो शीर्षकमा नेपाल आउने र जाने प्रत्येक यात्रुसँग एक हजार रुपैयाँ हवाई टिकटमै जोड्ने गरिन्छ ।

१८ चैत ०७५ बाट धावनमार्गको कालोपत्रे परिवर्तन सुरु गरेको कम्पनीले पुस ०७६ मा काम सकेर सरकारलाई हस्तान्तरण गरेको थियो । तर, धावनमार्गको दक्षिणतिरको साइटमा दर्जनभन्दा बढी ठाउँ फुटेको छ, कति ठाउँमा पानी पनि रसाउन थालेको छ ।

धावनमार्गको पिच भत्कनु गम्भीर विषय भएको नागरिक उड्डयन प्राधिकरणका एक पूर्वमहानिर्देशकको भनाइ छ । ‘विगतमा धावनमार्ग भत्किँदा ठूला जहाज उडान–अवतरणमै रोक लगाउनु परेको थियो,’ उनले भने, ‘पुरानो धावनमार्गमा पटकपटक यो समस्या आएपछि नयाँ पिच गरिएको हो । नयाँ पिचमा पनि एक वर्ष नबित्दै पुनः यस्तो समस्या आउनु गम्भीर विषय हो । यो समस्या बढ्दै गए विगतमा जस्तै आकाशमा जहाज घन्टौँसम्म होल्ड गरेर धावन मार्ग टालेर बस्नुपर्ने आवस्था आउनसक्छ ।’

‘धावनमार्गमा पानी रसाउने समस्या हुन सक्छ, त्यसका लागि भूमिगत पाइप राखेर पास गर्ने व्यवस्था हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा पनि पाइप राख्ने सर्त थियो, तर पाइप नराखी पिच गरेको पाइएको छ,’ नयाँ पत्रिकालाई तस्बिर उपलब्ध गराउँदै नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने ।

भौगर्भिक अध्ययन गर्दा नै विमानस्थलको धावनमार्गको तल्लो सतहमा पानी बढी रहेको ठहर गर्दै डिएलपी (निर्माण सकिएपछि पनि निश्चित अवधिसम्म लिइने मर्मत–सम्भारको जिम्मेवारी) आवश्यक रहेको भन्दै सम्झौता भएको थियो ।

त्यसैले दुई बर्खासम्म धावनमार्गमा देखिएको समस्या ठेकेदारले समाधान गर्ने सर्त थियो । तर, मर्मत गर्ने मेसिन (मिलिङ)समेत ठेकेदारले चीन पठाइसकेको छ । जसका कारण धावनमार्ग चर्किए पनि मर्मत हुन सकेको छैन । ठेकेदार कम्पनीले दुई वर्ष बिग्रेको स्थानमा मर्मत गर्नुपर्ने भए पनि मर्मत गर्ने मेसिन एक वर्षअगाडि नै चीन पठाइसकेको छ ।

तर, आयोजना प्रमुख मुरारी भण्डारीले धावनमार्ग चर्किएको स्वीकार गरे पनि ठेकेदारले बदमासी गरेको भन्न नसकिने बताए । नयाँ पत्रिका दैनिकमा केदार दाहालले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा ३३६ कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल (मप) विश्वविद्यालयका क्यामपस प्रमुखहरुले सामूहिक राजीनामा दिएका छन् । उपकुलपतिको

काठमाडौं : भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको १० लाख डोज कोरोनाविरुद्धको खोप आज काठमाडौं

काठमाडौं : सर्लाहीको हरिवन नगरपालिका–४ मा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौं : प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै छ । देशभरका

काठमाडौं : पछिल्लो २४ घण्टामा ३१८ जना कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु

काठमाडौं : कृषिका प्राथमिक उत्पादनका क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्कालका लागि रोक्न

काठमाडौ : भारत सरकारले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भएको छ । बुधबार

जेनेभा : कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिट निवेदनमा बहस गर्न कानुन व्यवसायीहरुका लागि आधा घण्टाको

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आज दुई खेल हुँदैछ । साविक विजेता