आज सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं ः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रूपैयाँले घटेको छ ।

छापावाला सुन बिहीबार प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएकोमा आज ९५ हजार ३ सय कायम गरिएको छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९४ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तेजाबी सुन प्रतितोला ९४ हजार ९ सयमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ३ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित :२४ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्