
धनगढी : वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम सरकार चाडै ढल्ने संकेत गरेका छन् ।
ओली समूहले सुदूरपश्चिमको धनगढीमा आयोजना गरेको जनसभामा बोल्दै मन्त्री आलेले मुख्यमन्त्री धेरै दिन सत्तामा नरहने बताएका हुन् ।
सभामा बोल्दै उनले सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्टको संस्कार हराएको बताए । उनले देशको प्रधानमन्त्री आउँदा पनि स्वागत गर्न नआएको भन्दै मुख्यमन्त्रीविरुद्ध रोष व्यक्त गरे ।
उनले भने,‘२ पटक चुनावमा हारेको बाहुनको छोरोलाई प्रधानमन्त्रीसामु बिन्ती गरेर टिकट दिलाए । गाउँगाउँमा उहाँकै लागि भोट मागे तर आज त्यहि मान्छेको संस्कार हरायो ।’ आज देशको प्रधानमन्त्री धनगढीमा आउँदा पनि स्वागत गर्न नसक्नेले शिष्टाचार बिर्सिएकै मन्त्री आलेले भने ।
प्रकाशित :२४ पुष, २०७७