जेलमा रहेका थारु नेताहरुलाई केही गर्न सकिन्न : प्रधानमन्त्री ओली



धनगढीः थरुहट, थारुवान आन्दोलनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनीरुपमा फसिसकेकालाई किनारामा नलगाई केही गर्न नसकिने बताएका छन् ।

आज ओली समूहले धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जेलमा रहेका थारु नेताहरुका लागि केही गर्न पहिले फसिसकेकालाई किनारामा लगाउनु पर्ने बताएका हुन् ।

उनले लामो समयदेखि आन्दोलनरत थारुहरुलाई लक्षित गरी भने,‘यहाँ जात–जातकोबीचमा मारमारको अवस्था ल्याए, टीकापुर काण्डको विभिन्न ढंगले रचना गरियो, नक्कली मान्छे ल्याए, उचाले, जनताकोबीचमा कसैले थारुको नारा लगाए, कसैले पहाडिया जनतामा विभाजन ल्याउन खोजे ।’

आगाडी थपे,‘अहिले पनि कतिपय थारु नेता जेलमा छन्, कसैलाई वारेन्ट होला, यी सबै हामीले हेरिरहेका छौं, पहिले नै अदालती प्रक्रियामा गइसकेकाले, पहिले नै असहज कुरामा फसिसकेकालाई किनारामा नलगाई केही गर्न सकिने हुँदैन, कानुनी हिसाबले ।’ उनले केही तत्व पहिचानको राजनीति गरेर विध्वंस मच्चाउने काम गरिरहेको टिप्पणी गरे ।

तराईमा जारी पहिचानको राजनीतिलाई रुवान्डा नरसंहारसँगै जोड्दै थारुलाई विकास निर्माणको काममा सरकारलाई सहयोग गर्न प्रधानमन्त्रीले आग्रहा गरे ।

प्रकाशित :२४ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्