पूर्वप्रधानन्यायाधीशहरुको विज्ञप्ति स्वागतयोग्य : भट्टराई



सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल प्रचण्ड रमाधवकुमार नेपाल समूहका नेता योगेश भट्टराईले सर्वोच्च अदालतका चार पूर्व प्रधानन्यायाधीशहले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै जारी गरेका विज्ञिप्तिको स्वागत गरेका छन् ।

दैलेखको दुल्लुमा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्न वीरेन्द्रनगर आइपुगेका नेता भट्टराईले प्रतिनिधि सभा विघटनविरुद्ध लाग्ने सबैलाई स्वागत गर्ने पनि बताए ।

‘प्रधानमन्त्री केपी ओलीले स्वेच्छाचारी ढंगमा गरेको प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी छ’, उनले भने, ‘अहिले संविधानको रक्षा गर्ने सबै पंक्ति आन्दोलनमा छौं । प्रमुख प्रतिपक्षी दलले पनि ओलीको कदमको विरोध गरेको छ । अहिले संविधानको रक्षार्थ सबै आन्दोलनमा नै हुनुहुन्छ । अबको केही समयपछि एकीकृत रुपमा आन्दोलन गर्छौं ।’ उनले नेकपाको आधिकारिक दल आफूहरुकै भएको दावी पनि गरे ।

प्रतिक्रिया दिनुहोस्