हिन्दू राष्ट्रको माग गर्दै विरोध प्रदर्शन



जनकपुरधामः राष्ट्रिय एकता अभियानले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ ।

रेल्वे स्टेशनबाट सुरु भएको प्रदर्शन नगरका विभिन्न भागको परिक्रमा गरी जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले बहुसंख्यक हिन्दू धर्मावलम्बी भएको यस मुलुकमा धर्म निरपेक्ष कायम गर्न नहुने बताए । उनले आफुहरु लोकतन्त्र पक्षधर भएकोले संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्रका लागि अभियान मार्फत आफुहरुको आन्दोलन जारी रहने जानकारी दिए ।

कोणसभामा अभियानका उपाध्यक्ष सुनिता साह, मार्गदर्शक मण्डल सदस्य खेमराज आचार्यलगायतकाहरुले आ-आफ्नो धारणा राखेका थिए ।

प्रकाशित: २५ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्