गीतकार भैरवनाथ रिमालको ८६ वर्षको उमेरमा मृत्यु



काठमाडौं : वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’ को ८६ वर्षको उमेरका निधन भएको छ ।

स्मरण शक्ति ह्रास हुने अलजाइमर्सको समस्याले लामो अस्वस्थ रहनु भएका रिमालको आज दिउँसो निधन भएको हो । निमोनिया र मिर्गौलाबाट पीडित उनको पछिल्लो समय चिरायु अस्पतालमा उपचार गरिएको थियो ।

१९९२ साल माघ ३ गते जन्मिएका रिमालले ५ सय भन्दा धेरै गीत रचना गरेका छन् । उनको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिएको छ ।

प्रकाशित :२५ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्