मुकारुङ गीतकार संघको अध्यक्षमा निर्वाचित



काठमाडौं : गीतकार संघ नेपालको अध्यक्षमा गीतकार शुभ मुकारुङ निर्वाचित भएका छन् ।

एघारौं साधारण सभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा मुकारुङ निर्वाचित भएका हुन् । अधिवेशनले वसन्त वित्यासी थापालाई उपाध्यक्षमा चयन गरेको हो ।

रमेश कोइराला महासचिवमा चुनिएका छन् । सचिवमा महेश आचार्य निर्वाचित भएका छन् भने कोषाध्यक्षमा जितबहादुर घले निर्वाचित भए । सदस्यहरुमा सुमि सिंह, लोकराज अधिकारी, चेतन खतिवडा, प्रतिमा श्रेष्ठ, उमेश राई र शितल कादाम्विनी चयन भएका छन् ।

प्रकाशित :२५ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्