प्रधानमन्त्री ओली ICU मा, स्वास्थ अवस्था बुझ्न प्रचण्ड अस्पतालमा



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन् । केही दिनदेखि अस्वस्थ प्रधानमन्त्री ओली स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना भएका हुन् ।

उनको अहिले शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा राखेर उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्रिवि शिक्षण अस्पताल पुगेका छन् । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष मध्येका प्रचण्ड सोमबार बिहान त्रिवि अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको भनिए पनि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिहान तीनबजे तिर महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको डा। अरुण सायमीले जानकारी दिए । प्रधानमन्त्री ओलीको छातीमा संक्रम देखिएको डा. सायमीले बताए ।

प्रतिक्रिया दिनुहोस्