पृथ्वी जयन्ती : गोरखाका पाँच स्थानीय तहमा सार्वजनिक बिदा



काठमाडौं : पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज गोरखाका पाँच वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

आधुनिक नेपाल एकीकरणका नायक तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो समेत रहेको जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

सबै पालिकाका प्रमुख प्रशासकीय अधिृकतले सूचना प्रकाशन गरी सार्वजनिक बिदाको जानकारी गराएका छन् । पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा एक दिन सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।

गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यवतीका जेठा छोराका रूपमा विसं १७७१ पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले टुक्रिएर रहेका बाइसे चौबिसे राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेको इतिहासमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्