निर्वाचन कार्यक्रम अगाडि नबढाउन प्रचण्ड-नेपाल समूहकाे आग्रह



काठमाडौं : निर्वाचन कार्यक्रम अगाडि नबढाउन भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूह निर्वाचन आयोग पुगेको छ ।

अध्यक्षद्वय दाहाल र नेपालसहित नेकपाका नेताहरू आयोग पुगेका हुन् । नेताहरु राजेन्द्र पाण्डे, मुक्ति प्रधान, सुरेन्द्र पाण्डे, रामनारायण बिडारी, कृष्णभक्त पोखरेललगायतलाई निर्वाचन आयोगसँगका गतिविधि हेर्ने जिम्मा दिइएको थियो ।

अध्यक्षद्वयसँग यी नेताहरू पनि आयोगमा उपस्थित छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदातलमा विचाराधीन अवस्थामा रहेकाले निर्वाचन प्रक्रिया अगाडि नबढाउन आयोगलाई आग्रह गरिने बताइएकाे छ ।

निर्वाचन आयोगले दाहाल-नेपाल र ओली पक्षलाई ७ दिनभित्र अध्यावधिक विवरण पेस गर्न भनेको थियो । दुवै पक्षले आयोगमा पेश गरेको पत्राचारमा उल्लेखित निर्णयहरू विधानको व्यवस्थासँग मेल नखाएको भनेको छ । आयोगले पार्टीको आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनुपर्ने विधानको व्यवस्थातर्फ ध्यानाकर्षण गराएको छ ।

प्रकाशित :२७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्