जसपा नेता महतोलाई आफ्नै क्षेत्रमा कालो झण्डा



जनकपुरधाम : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई उनको आफनै निर्वाचनत क्षेत्रमा कालो झण्डा देखाइएको छ ।

नेकपा ओली पक्षीय कार्यकर्ताहरुले नेता महतोलाई सोमबार जनकपुरमा कालो झण्डा देखाएका हुन । महतो धनु्षा ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचत भएका हुन ।

केहि दिन अघि मात्र नेकपा ओली समूहमा प्रवेश गरेका युवाहरु मुञ्जय राउत र प्रदिप मुखियाले नेता महतोलाई कालो झण्डा देखाएका थिए । आफूलाई मधेशवादी भनाउने नेताहरुले मधेशी शहिदसँग खेलवाड गरेको आरोप लगाउँदै स्थानीय भानुचोकमा उनीहरुले कालो झण्डा देखाएका हुन ।

जसपाले आयोजना गरेको बिरोधसभामा सहभागी हुन जाने क्रमममा महतोलाई भानुचोकमा कालो झण्डा देखाइएको हो । नेता महतोले मधेशी शहिदका परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा गरे पनि अझै कार्यान्वयन नगरेको भन्दै उनलाई कालो झण्डा देखाएकोे राउतको भनाइ छ ।

कालो झण्डा देखाउने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेको केहीबेरमै उनीहरु रिहा भएका छन् ।

प्रकाशित : २७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्