सरकारप्रति मनीषा कोइरालाको आक्रोश



काठमाडौं : पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न गएको टोलीलाई प्रहरीले धरपकड गरेको भन्दै नायिका मनीषा कोइरालाले आपत्ति जनाएकी छन् ।

सिंहदरबार अगाडि सोमबार पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पुगेका राप्रपाका अध्यक्ष पशुपतिशमशेर जवरालगायतको टोली र प्रहरीबीच झडप भएको भन्दै उनले आपत्ति जनाएकी हुन् ।

उनले पृथ्वीनारायण शाहलाई सरकारले सम्मान गर्ने आशा गरेको तर सरकारको व्यवहार ठिक उल्टो रहेको देखेको बताएकी छन् ।

‘मैले आशा गरेकी थिएँ कि जनताको राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सरकारले सम्मान गर्नेछ । तर उसको व्यवहार ठीक उल्टो देखियो,’ उनले ट्वीटरमा लेखेकी छन्, ‘पृथ्वी नारायणको सालिक अगाडि नै सरकारको यो आपत्तिजनक कार्यरु पानीको फोहरा र टियर ग्याससहित नै तैनाथ प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै होरु’

केही दिनअघि देखि नै पृथ्वी जयन्तीका दिन मनीषाले सबैलाई एकताबद्ध हुन आग्रह गर्दै पृथ्वीनारायण शाहको स्मरण गर्न र उनीप्रति सम्मान व्यक्त गर्न आह्वान गरेकी थिइन् । ‘मैले राष्ट्रनायकप्रति श्रद्धाञ्जलि दिन चाहेको थिएँ, तर प्रशासनले रोक्यो,’ मनीषाले भनिन् ।

प्रकाशित :२७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्