प्रथम धनगढीमाई मेयर कप क्रिकेट प्रतियोगिता शुरु



सिराहा : स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नारासहित प्रथम धनगढीमाई मेयर कप क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

आजदेखि सिराहामा शुरु भएको प्रतियोगिताको नगर प्रमुख हरिनारायाणचौधरीले खेलको उदघाटन गरेका छन् । सो क्रममा नगर प्रमुख चौधरीले नगरक्षेत्रभित्रका युवाहरुलाई दुव्र्यसनीबाट बचाउन र खेल क्षेत्रको विकासको लागि धनगढीमाई नगरपालिकाले क्रिकेट कपको आयोजना गरेको बताए ।

स्वस्थकर तरिकाले सबै खेलाडीहरुलाई खेल खेल्न अनुरोध गर्दै नगरप्रमुख चौधरीले खेलाडीहरुलाई थप हौसला प्रदान गर्न नगरपालिकाले चाँडै फुटवल, भलिवल, ब्याडमिन्टन, कराँतेलगायतका विभिन्न विधाका खेल प्रतियोगिता शुरु गरिने बताए ।

साथै टिम कप्तान तथा खेलाडीहरुलाई जर्सि आवश्यक खेल सामाग्री प्रदान गरिएको छ । खेलमा १४ वटा वडा रहेको नगर क्षेभित्रका १२ वटा टिमको सहभागिता रहने छ । प्रतियोगिताको समापन खेल माघ ३ गते हुने आयोजकले जनाएको छ ।

प्रकाशित :२७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्