अनुष्का र विराटको घरमा छोरीको आगमन



काठमाडौ : भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले आज छोरीलाई जन्म दिएका छन् ।

मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा अनुष्काले छोरीलाई जन्म दिएकी हुन् । विराटले छोरी र आमा अनुष्का दुवैको स्वास्थ्य अवस्था राम्रो भएको जानकारी दिएका छन् ।

विराटले जानकारी दिंदै आफ्नो जीवनको नयाँ अध्यायको अनुभव गर्ने अवसर मिलेको भन्दै खुशी व्यक्त गरेका छन् । विराट र अनुष्काले २०१७ मा विवाह गरेका थिए ।

प्रकाशित :२७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्