ओलीले अदालत पनि विघटन गर्न खोज्दैछन्ः पुन



काठमाडौं : नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले न्यायालयलाई प्रभावित पार्न खोजेको बताएका छन् ।

आफ्नो व्यक्तिगत मनोकांक्षा सिद्ध गर्न अलोकतान्त्रिक र असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेका ओलीले न्यायाल विघटन गर्न खोजेको उनले दाबी गरे ।

नेता पुनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्ने चार पूर्वप्रधानन्यायाधीशलाई धम्की दिएकामा पनि आक्रोश व्यक्त गरे । ओलीले राज्य शक्तिको दुरुपयोग गरेर न्यायालय विघटन गर्न सक्ने भन्दै उनले सचेत रहन न्यायपालिकाको नेतृत्वलाई आग्रह गरे।

‘केपी ओलीले संसदमा दुई तिहाइ बहुमतसहितको विशाल पार्टी र प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस गर्नुभएको छ । आफूले भनेजस्तो नहुँदा न्यायालयलाई पनि विघटन गर्ने, स्वतन्त्र न्यायालयप्रतिको जनआस्थालाई विघटन गर्ने, न्यायपालिकाप्रतिको विश्वास घटाउने प्रयत्न गरिाख्नुभएको छ’, नेकपाको प्रचण्ड-माधव नेपाल पक्षीय मजदुरहरुको उपत्यास्तरीय प्रशिक्षण कार्यक्रममा मन्त्री पुनले भने, ‘न्यायपालिकालाई धम्क्याउने, दबाब दिने र षड्यन्त्र गर्ने गतिविधि जारी छन् । यसमा न्यायमुर्तिहरु सचेत रहनुपर्छ ।’

ओली र ओली समूहका केही नेताले सार्वजनिक स्थानबाट प्रतिनिधिसभा विघटन संविधानको कुन व्यवस्थाअनुसार गरेको भन्नेबारे बोल्न नसकेको उनले बताए । अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना हुने विश्वास उनले व्यक्त गरे।

जनताको भावनाअनुसार न्याय निरुपण गर्नुपर्ने समय आएको चर्चा गर्दै न्यायालयप्रति आफूहरुको विश्वास रहेको उनले उल्लेख गरे ।

प्रकाशित :२७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्