पूर्वमन्त्री अधिकारीको निधन



काठमाडौं : पूर्वमन्त्री डिपी अधिकारीको निधन भएको छ । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा आज निधन भएको हो ।

९२ वर्षीय अधिकारी केही वर्षयता अल्जाइमर्सबाट पीडित थिए । वि.सं.२००८ सालदेखि पोलिट व्युरो सदस्य रहेका अधिकारी नेपाल कम्युनिष्ट पार्टीको विभाजनपछि स्वअध्ययनमा लागेका थिए ।

उनले २०३२ सालमा श्रीभद्र शर्मा रहेको संविधान सुधार सुझाव आयोगमा रहेर महत्वपूर्ण भूमिका खेलेका थिए । २०३४ सालमा जलस्रोत मन्त्री बनेका अधिकारीले साना जलविद्युत् आयोजनाको अवधारणा अगाडि सार्नुका साथै नेपालमा हावाबाट बिजुली निकाल्ने योजनाको परीक्षण गराएका थिए ।

राजनीतिक अर्थशास्त्रका अध्येता अधिकारी केही वर्ष अघिसम्म पनि अध्ययन र लेखन कार्यमा सक्रिय थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रकाशित :२७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्